‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’
काठमाडाैं | असार २५, २०७९
काठमाण्डौँ: ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।
केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो”, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रालीले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात नगरेको जनाएको छ ।
“बिनाआधार हाम्रो कम्पनीको मान हानि हुनेगरी प्रकाशित÷प्रसारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

